Pages

Wednesday, October 20, 2010

MISS NEPAL



Home Press Release Sponsor


© Copyright 1994-2010 The Hidden Treasure. All Rights Reserved. For enquiries Email Us


 

दीक्षा बनिन् मिस नेपाल

सदीक्षा श्रेष्ठ यस पटककी मिस नेपाल बनेकी छिन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संविधान सभा बनाएदेखि मिस नेपाल प्रतियोगिताको आयोजना सेनाको आर्मी अफिसर्स क्लबमा हुँदै आएको छ। त्यहीँ भएको यसपालिको प्रतियोगितामा उनले उपाधि जितेकी हुन्। उपाधि साथ उनले मिस फोटोजेनिक, मिस पर्सनालिटी र मिस स्मार्टवाक (आजभोलि बिरालो चाल-क्याटवाक भन्न छाडेछन् क्यार)
सुन्दरी प्रतियोगिताको पहिले ठूलै विरोध हुने गरे पनि यसपालि खासै त्यस्तो ठूलो विरोध भएको देखिएन। मिस नेपाल बनेकी सदीक्षाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
१९ वर्षकी सदीक्षाले युवा सम्मेलनहरुमा धेरै पटक नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् रे। ११ वर्षको उमेरदेखि नै उनी टेलिभिजन विज्ञापनमा काम गर्थिन्। फेमको विज्ञापनमा पनि उनी देखिएकी थिइन्। सेन्ट जेभियर कलेजमा अध्ययनरत सदीक्षाले एनटीभी २ मेट्रोमा कार्यक्रम सञ्चालन समेत गरेकी थिइन्।
उनी भाउको टप टेन कलेज वुमेन पनि बनिसकेकी छिन्।
उपाधिसँगै उनले ५० हजार नगद र कार हात पारिन्। फस्ट रनर अप सहाना बज्राचार्य भइन् भने सेकेन्ड रनर अपको उपाधि संयुक्ता तिमल्सिनाले जितिन्।
फोटो साभारः सदीक्षाको फेसबुक

उनी भाउको टप टेन कलेज वुमेन पनि बनिसकेकी छिन्।

ताजका साथ सदीक्षा। फोटो सौजन्यः रोयटर्स

उपाधिसँगै उनले ५० हजार नगद र चेरी कार हात पारिन्। फस्ट रनर अप सहारा बज्राचार्य भइन् भने सेकेन्ड रनर अपको उपाधि संयुक्ता तिमल्सिनाले जितिन्। मिस नेपाल प्रतियोगिताको केही अंश भिडियोमा हेर्न तल क्लिक गर्नुस्-





सानोमा सदीक्षा (बीचकी)

मै छोरी सुन्दरी। सानोमा सदीक्षा।


जेनिशा बनिन् मिस नेपाल


जेनिशा मोक्तान यस वर्षकी मिस नेपाल बनेकी छिन्। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् र एउटा औपचारिकता पूरा गर्नेछिन् पहिलेका मिस नेपालले जस्तै। फरक यति हुनेछ कि विगत दुई वर्षमा यो औपचारिकता पूरा हुन सकेको थिएन। किनभने सौन्दर्य प्रतियोगिताका विरोधीहरुले यसलाई आयोजना हुनै दिएनन्।
मिस नेपाल घोषित जेनिशा मोडल र म्युजिक भिडियोकी प्रमुख पात्र पनि हुन्। उनले खेलेको ‘मै ठूली भइछु रे’ म्युजिक भिडियो निकै चर्चामा आएको थियो। कान्तिपुर टेलिभिजनको ‘घरबेटी बा’ मा पनि उनको प्रमुख भूमिका छ।
पोहोर प्रतियोगिताको तयारी गर्दैगर्दा एउटा नराम्रो भिडियो उनको भएको भन्दै हल्ला फैलिएपछि उनले रुँदै त्यो भिडियो आफ्नो नभएको स्पष्टीकरण दिनुपरेको थियो।
यो भिडियोले मिस नेपाल जेनिसाको चर्चा निकै चुलिएको थियो


तलको फोटोमा अघिल्लो पंक्तिको सबैभन्दा बायाँ बसेकी छिन् मिस नेपाल।

तलको फोटो भने World Travel Market मा 110 देशका सहभागी सुन्दरीको भ्रमण गर्दाको हो। कालो ज्याकेट र पहेँलो स्कार्फमा नेपाल सुन्दरी सबैभन्दा अगाडि छिन्।



भिडियोहरु
भनिन्छ सौन्दर्य प्रतियोगिताले महिलाको बुद्धिको क्षमता जाँच्छ। तर यसमा सोधिने प्रश्नहरुको शैलि हेर्नुस् कस्ता कस्ता हुन्छन्। नेपालमा मात्र हैन, विश्वभर नै यस्तै शैलि छ। यसपालि भने फाइनलमा पुगेका पाँच सुन्दरीहरुलाई कस्तो प्रश्न सोधिएको थियो त ? हेर्न यहाँ क्लिक गर्नुस्।
अनि जवाफ दिनेहरुको जवाफ चाहिँ कस्तो थियो त ? हेर्न यहाँ क्लिक गर्नुस्।
क्राउन यसरी लगाइयो। हेर्न यहाँ क्लिक गर्नुस्।
पोहोर अन्तिम तयारीमा पुग्दा पनि माओवादी अवरोधका कारण हुन नसकेको मिस नेपाल सौन्दर्य प्रतियोगिता टुँडिखेल मासेर सेनाले बनाएको हलमा आज आयोजना भएको थियो। उत्कृष्ट पाँच जना निम्न रहे
रितु शाक्य
कुन्छन तामाङ मोक्तान (उनी सेकेन्ड रनर अप भइन्)
जेनिशा मोक्तान
आयुषा कार्की
रिचा थापा मगर (उनी फर्स्ट रनर अप भइन्। अब मिस अर्थमा भाग लिनेछिन्)

जेनिशा मोक्तान

रिचा थापा मगर

कुन्छन तामाङ मोक्तान

रितु शाक्य

आयुषा कार्की फोटो सौजन्यः मिसनेपालको आधिकारिक साइट

No comments:

Post a Comment